संविधानले परिकल्पना गरेका विषयलाई कानुनद्वारा व्यवस्थित गर्नुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको संविधान प्रदत्त अधिकारको व्यवहारिक कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभएको छ ।

मकर सङ्क्रान्ति(माघी पर्व)को अवसरमा शीतल निवासमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले संविधानको व्यवहारिक कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको भन्नुहुँदै संविधानले परिकल्पना गरेका विषयलाई कानुनद्वारा व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले संविधानको सार्थक कार्यान्वयन नहुँदा अहिले निराशा बढे पनि जनताले पछाडि फर्किन नचाहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्छौँ भन्ने प्रण गर्न सबैमा आग्रह गर्नुभयो । रासस


ताजा खबर