मेलम्चीको पानी सुन्दरीजलमा : वितरण माघ १ देखी

मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । बिहीबारदेखि सुरुङ्मा छाडिएको पानी सुनदरीजल आइपुगेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्कि अन्सारीले पानी सुन्दरीजल खसेको पुष्टि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘बिहीबारदेखि मेलम्चीबाट सुरुङमा  छाडेको पानी सुन्दरीजल आइपुगेको छ ।

सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने उहाँले बताउनुभयो । प्रशोधन सकेर दुई दिनपछि अर्थात् माघ १ गतेबाट पानी वितरण गर्ने तयारी रहेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, सुन्दरीजलमा पानी जम्मा गरेर प्रेसर मापन गर्छौ । त्यसपछि पानी  प्रशोधन गरिन्छ । सबैकाम सकेर माघ १ गतेबाट वितरण गर्नेगरि काम गरेका छौँ  ।

गत साउनमा मेलम्ची नदीमा आएको बाढीका कारण अनिश्चित भएको मेलम्चीको पानी पुनः वितरण गर्ने गरी काम भइरहेको हो।

समितिले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बिहीबार पानी पथान्तरण गरेको थियो।

उपत्यकामा मेलम्ची ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको बैठकले आकस्मिक परिस्थितबाहेक २८ दिनको कार्यतालिका बनाएर काम गरेको थियो । समयमै काम सम्पन्न गर्न दुई सिफ्टमा जनशक्ति परिचालन भएको थियो । रासस


ताजा खबर