सन्दीपलाई आठ वर्ष जेल, पाँच लाख जरिवाना

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने फैसला सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।

अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । रासस


ताजा खबर