सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी

मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी जिम्मेवारी सम्हाल्नु भएको छ ।

प्रकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भइ जानु भएका यसअघिका सचिव कृष्णबहादुर राउत मन्त्रालयबाट बिदाइ हुनु भएको छ ।

मन्त्रालयद्वारा  आज आयोजित ‘विदाइ तथा स्वागत’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना, सञ्चार र प्रविधिको विकास तथा त्यसको उपयोगबाट अन्य क्षेत्रको विकासमा  सहयोग हुनसक्ने बताउँदै सरकार उक्त क्षेत्रको विकासका निम्ति दृढताका साथ लागिपरेको बताउनुभयो ।

उहाँले जनतालाई प्रत्यक्ष लाभ हुनेगरी र परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफू जुन मन्त्रालयमा भए पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


ताजा खबर