राष्ट्रिय सभा निर्वाचन: दाबी विरोध र उजुरी आज

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिने भएको छ । कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलिततर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यकतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको स्वीकृत कार्यतालिका अनुसार भोलि र पर्सि उम्मेदवारको मनोनयन र उजुरीमाथि जाँचबुँझ गरी नामावली प्रकाशित गरिनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे पुस २७ गते लिन सक्ने र त्यसै दिन उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित हुनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । रासस


ताजा खबर