राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावली सार्वजनिक

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शुक्रवार निर्वाचन कार्यालयले दाबी विरोधका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।

यस अघि निर्वाचन आयोगको वेभसाइटमा नै नामावली सार्वजनिक गरेको आयोगले दावी विरोधका लागि शुक्रबार सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सातै प्रदेशका सदस्य पाँच सय ४९ जना, गाँउ पालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४ सय ९८ सहित दुइ हजार ४७ जनाको नाम मतदाताको नामावली सार्वजनिक गरिएको छ ।

आज सार्वजनिक कुनै सदस्यको नामावलीमा नाम, थर, उमेर, पद तथा विवरण सच्याउनु पर्ने भए सच्याउनका आयोगले आग्रह गरेको छ ।

निधन भएका, राजीनामा दिएका र निलम्बनमा परेका कुल नौ जना मतदाताहरुको विवरण भने मतदाता नामावलीवाट हटाइएको छ ।

निधन भएकामध्य प्रदेश सभा सदस्य एक जना, गाँउ पालिकाका अध्यक्ष एकजना, उपाध्यक्ष एकजना, नगरपालिकाका उपप्रमुख एकजना छन् ।

त्यस्तै निलम्बनमा परेका गाँउपालिकाका अध्यक्ष एकजना र नगरपालिकाको प्रमुख चार रहेका छन् । रासस


ताजा खबर