जापानको टोकियोमा विमान दुर्घटना : ३७९ यात्रु र चालक दलका सदस्य सकुशल

टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

होक्काइडो प्रिफेक्चरको न्यु चितोसे एयरपोर्टबाट टोकियोको हानेडा एयरपोर्टका लागि उडान ५१६, हानेदा एयरपोर्टमा अवतरण गरेपछि जापान कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो ।

सार्वजनिक प्रसारणकर्ता एनएचकेले जापान एयरलाइन्सलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । दमकलले आगो निभाउने काम गरिरहेको बताइएको छ । एनएचके फुटेजले जापान एयरलाइन्सको विमानको एक छेउबाट आगोको ठुलो विस्फोट देखाएको छ । यो धावनमार्गमा ट्याक्सी चलिरहेको पनि देखिएको छ । सिन्ह्वा


ताजा खबर