ललितपुर बन्यो नेपाल सुपर लिगको नयाँ च्याम्पियन

ललितपुर नेपाल सुपर लिगको नयाँ च्याम्पियन बनेको छ । दशरथ रंगशालामा आज क्यापासिटी क्राउडबीच भएको फाइनलमा धनगढीलाई ३-२ ले हराउँदै ललितपुरले उपाधि जितेको हो।

खेलको १६ औं मिनेटमा धनगढीका अहमजद हिजाजीको प्रहारलाई ललितपुरका डिफेन्डरले मार्क गर्दै क्लियर गरे । १७ औं मिनेटमा पापा इबोउ केबेको प्रहार मोहम्मद ताहाले पहिले मुभ गरेर बचाएका थिए । आफ्नो पोस्ट नजिकैबाट आशिष चौधरीले दिएको लामो पासलाई अहमद हिजाजीले फ्ल्याङ्कबाट क्रस गरेका थिए । गोलकिपर जोफरे बाल्टुसले नियन्त्रणमा लिन नसकेको सोही क्रसमा फरवार्ड अफिज ओलावालेले गोल गरे । पहिलो हाफमै हिजाजी र ओलावालेले पहेँलो कार्ड पाएपछि धनगढीका प्रशिक्षक युगल किशोर राई टेक्निकल क्षेत्रमा तनावमा देखिएका थिए ।

पहिलो हाफको अन्तिम समयमा ललितपुरले प्रेसिङ फुटबल खेलेको थियो । निर्धारित ४५ मिनेटसम्म धनगढी एक गोलले अघि रह्यो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा फ्रि किकबाट ललितपुमा इमोह इजिकेलले ललितपुरलाई कमब्याक गराएका थिए । एक-एकको बराबरीबाट अथाडि बढेको दोस्रो हाफको सुरुमै ललिपुरले दुई गोल गर्‍यो ।

सेसेहाङ आङ्देम्बेले गोलकिपरलाई छक्याएर दिएको पासमा दिनेश हेन्जनले गोल गरेपछि ५० औं मिनेटमा ललितपुरले अग्रता खोसेको थियो। ललितपुरका लागि इमोज इजिकलेले ५९ औं मिनेटमा स्पेक्टाकुलर गोल गरे । ओसेइले क्लियर गरेको बललाई केबेले नजिकै बाट दिएको पासमा इजिकेलले एक्रोब्याट प्रहार गर्दै सुन्दर गोल गरे। यससँगै ललितपुर ३-१ ले अघि पुगेको थियो ।

खेलको ८० औं मिनेटमा धनगढीलाई अर्को धक्कमा लाग्यो । ओसेइले ललितपुरका फरवार्डलाई धक्का दिएपछि उनले दोहोरो पहेँदो कार्ड ब्यहोर्दा धनगढी वान म्यान डाउन भएको थियो । यद्यपि स्टपेज समयको अन्तिम मिनेटमा हिजाजीले गोल फर्काएर खेल ३-२ को अवस्थामा पुर्‍याए। यही गोलआन्तरले ललितपुर सुपर लिगको दोस्रो संस्कराणको च्याम्पियन बन्यो ।

दोस्रो हाफमा दबाब रहँदै धनगढी लगातार दोस्रो पटक नेपाल सुपर लिगको फाइनलमा पराजित भएको छ। डेढ वर्ष अघि भएको महिला साफ च्याम्पियनसिपको फाइनलपछि आज दशरथ रंगशालामा क्यापासिटी क्राउड भएको थियो । पूर्ण क्षमता १५ हजार भन्दा धेरै फुटबल समर्थक रंगशाला पुगेका थिए । घरेलु लिग फुटबलमा भने धेरै लामो समयपछि रंगशालामा फर्किएको क्राउड हो ।

जितसँगै ललितपुरले ७० लाख रुपैयाँ नगद पुरस्कार जितेको छ भने उपविजेतामा सीमित बनेको धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍यो । सफल नेपाल


ताजा खबर