ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा खुला रक्तदान कार्यक्रम

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ॐ हस्पिटलको सहकार्यमा लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरण र लायन्स क्लब अफ काठमाडौं मदरल्याण्ड वुमनको संयुक्त आयोजनामा सो खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 4 people and text

May be an image of 9 people, dais, temple and text

ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका जि.एस.टी. कोअर्डिनेटर लायन  जनार्दन फुँयाल, डिस्ट्रिक्ट को-अर्डिनेटर लायन विष्णु भण्डारी विशेष अतिथि रहनुभएको थियो ।

May be an image of 10 people, temple and text

May be an image of 11 people and text

May be an image of 10 people, temple and text that says "LIONS L We Serv"

लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरणकी अध्यक्ष लायन शान्ता भण्डारी र लायन्स क्लब अफ काठमाडौं मदरल्याण्ड वुमनकी अध्यक्ष लायन नास्तु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट एड्भाइजर लायन कल्पना पौडेल घिमिरे तथा जोन चियरपर्सन लायन सरिता श्रेष्ठ र अन्य लायन पदाधिकारीहरु र लायन किरण श्रेष्ठ लयागतको उपस्थिति रहेको थियो ।

May be an image of 7 people, temple and text

ॐ हस्पिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, प्रमुख वित्त अधिकृत धुर्व सुवेदी लगायत अस्पतालका उच्च व्यवस्थापनका अधिकारीहरु तथा ॐ हस्पिटल कर्मचारी यूनियनका अध्यक्ष र पदाधिकारीहरु समेत उपस्थित हुनुहुन्थ्यो ।

May be an image of 5 people

May be an image of 8 people and text

ॐ हस्पिटल प्राङ्गणमा भएको सो रक्तदान कार्यक्रममा ॐ हस्पिटका चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरु तथा लायन्स क्लवका सदस्यहरु तथा सर्वसाधारले ६२ पिन्ट रक्तदान गर्नुभएको थियो । सफल नेपाल


ताजा खबर