विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ ।

पाँच महिनाको अवधिमा विभिन्न आठ वटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले सार्वजनिक गरेको पाँच महिनाको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो पाँच महिना अवधिमा रू दुई अर्ब एक करोड चार लाख ९४ हजार निकासा भएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर