छातीमा समस्या भएपछि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालमा

छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । उहाँको निजी सचिवालयका अनुसार मङ्गलवार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लगिएको हो ।

अस्पतालमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । सचिवालयका अनुसार उहाँको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो ।

यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको सचिवालयले जनाएको छ ।

अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री श्रेष्ठ मङ्गलवार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहभागी हुनुहुन्थ्यो ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन  गंगालाल अस्पताल पुग्नु भएको छ ।

प्रधानमन्त्री दाहालले उपचाररत उपप्रधानमन्त्री श्रेष्ठलाई समेत भेट्नु भएको छ । उहाँले चिकित्सकहरुसँग उपप्रधानमन्त्री श्रेष्ठको उपचारका बारेमा जानकारी लिनुभएको छ । सफल नेपाल


ताजा खबर