रसुवामा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर

माथिल्लो त्रिशुली १ जलबिद्युत आयोजना निर्माण ठेकेदार कम्पनी डुशान इनरबिलिटी कम्पनी लिमिटेडले  रसुवा जिल्लाको मैलुङमा विशेषज्ञ सेवा सहितको बृहत निःशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ ।

काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. तथा दक्षिण कोरियाको प्रतिष्ठित चुङ अङ् युनिभर्सिटी हस्पिटलसँगको सहकार्यमा संचालन भएको चारदिने स्वास्थ्य परिक्षण शिविरमा ॐ हस्पिटलका वरिष्ठ चिकित्सकहरु तथा कोरियाबाट आएको मेडिकल टोलिले संयुक्त रुपमा रसुवाबासी स्थानीयहरुको र डुसान इनरबिलिटी तथा पावर चाइनामा कार्यरत मजदुरहरुको स्वास्थ्य परिक्षण गरिएको डुशान इनरबिलिटी कम्पनी लिमिटेडका जनरल म्यानेजर चाङ्गमान मुनले जानकारी दिनुभयो ।

मंसिर ३ गते आइतवार विहान ८ बजेदेखी शुरु भएको स्वास्थ्य परिक्षण शिविरमा सामान्य चिकित्सा, मुटुरोग, हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसुती रोग, बालरोग लगायतका विशिष्ठ विधाहरुमा १२ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । इ.सि.जी. अल्ट्रासाउण्ड तथा एको परिक्षण गरी सबैलाई निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।

मंसिर ६ गते साँझसम्म संचालन गरिएको शिविरमा विरामीको रोग निदान तथा पहिचानकालागि अल्ट्रासाउण्ड र इ.सि.जी. सेवा समेत उपलब्ध गाइएको थियो  ।

शिविरमा मैलुङ र  वरपरका बस्तिहरुमा बसोवास गर्दै आएका एघार सय साठी जना सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको थियो ।


ताजा खबर