मिस युनिभर्स यस बर्ष निकारागुवाकी पलासियोसले जितिन

 यस वर्षको मिस युनिभर्स प्रतियोगिताको उपाधि निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जित्नुभएको छ । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो पहिलो पटक हो । २३ वर्षीय पलासियोस पेसाले टेलिभिजन होस्टसमेत हुनुहुन्छ । उहाँले आमसञ्चारमा स्नातक उत्तीर्ण गर्नुभएको छ ।

थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्र्ट रनरअप हुँदा अस्ट्रेलियाकी मोरया विल्सन सेकेन्ड रनरअप घोषित हुनुभयो । एल–साल्भाडोरमा आयोजित प्रतियोगितामा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

मिस युनिभर्समा नेपाल अन्तिम २० मा समेटियो, उपाधि निकारागुआलाई – Online  Khabar

नेपालबाट प्रतिनिधित्व गर्नुभएकी जेन दीपिका गारेट अन्तिम २० मा छनोट भए पनि अन्तिम १० मा पुग्न सक्नुभएन । उहाँले ‘प्लस साइज मोडल’ का रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुले पनि अपेक्षित सफलता पाउन सक्नुभएन । प्रतिस्पर्धापछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै दीपिकाले लेख्नुभएको छ, “म संसारभर वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताको परम्परागत मापदण्ड तोड्न पाउँदा गर्व गर्छु । नयाँ मिस युनिभर्समा धेरै गर्व छ र मेरो जीवनको यो क्षणलाई म कदर गर्ने छु ।” रोयटर्स


ताजा खबर