सिन्धुलीका पाँच सय परिवारलाई कोरली गाई वितरण गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ ।

कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो । त्यहाँका ५१ जना किसानलाई सो बाछी वितरण गरिएको थियो ।

सो ८० वटा बाछीलाई विस्तार गरी सिन्धुलीको पाँच सय घरधुरी किसानलाई पु¥याउने लक्ष्य राखिएको हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मिल्की वे परियोजनाका निर्देशक नारायणप्रसाद शर्माले बताउनुभयो । कोरिया सरकारले उपलब्ध गराएको बाछी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ४ र ५ का ५१ किसान परिवारलाई वितरण गरिसकेको छ । अहिले ती बाछी ठुला ठुला भइसकेका छन् ।

हेफर नेपाल र कमलामाई नगरपालिकाले १०९ जना किसानलाई राखेर विभिन्न समूह बनाएका छन् । पहिलो लटमा १०९ जनामध्ये ५१ जनाले सो बाछी (गाई) पाएका छन् ।

८० वटा गाईमध्ये छ वटा लम्पी स्किनको रोगबाट मरेका छन् । बाँकी रहेको ७४ वटा गाईमध्ये ६९ गाईलाई गर्भधारण गराएका छन् । त्यसमध्ये ३७ वटा गाई गर्भवत्ती छन् । अरू बाँकीको गर्भ सुनिश्चित भएको छैन सायद एक दुई महिनाभित्र ६९ वटै गाईको गर्भ सुनिश्चित हुने हेफर नेपालले जनाएको छ ।  सिन्धुली आउनुभएका हेफर कोरियाका निर्देशक हे वन लीका अनुसार यी गाई उपहार स्वरूप नै आएका हुन् । कोरियाका किसान, विद्यार्थी अन्य व्यक्तिहरूले नेपाललाई कारिया सरकारमार्फत नेपाललाई प्रदान गरेको हो ।

कोरिया सरकारले उपहार स्वरूप दिएको कारणले पनि यहाँका किसानले पनि कम से एउटा बाछी अर्को किसानलाई दिनुपर्ने प्रावधान रहेको हेफर कोरियाका निर्देशक लीले बताउनुभयो ।

गाई प्राप्त गरेका किसानले आनुवंशिक स्रोतबाट पहिलो बाछीसँगै प्राप्त गरेको सिप र ज्ञानलाई अर्को किसानलाई हस्तान्तरण (हेफरको पासिङ अन द गिफ्ट बिजनेस मोडेल) गर्नैपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।

यसरी एक किसानलाई अर्को किसानलाई दिँदै गएपछि यो कोरली गाई देशैभर फैलाउने योजना रहेको निर्देशक शर्माले बताउनुभयो । पाँच वर्षभित्र पाँच सय घरपरिवारलाई पु¥याउने लक्ष्य रहेको छ ।

सिन्धुलीलाई दुधको हब बनाउने लक्ष्य राखेर यो परियोजना सुरु गरिएको उहाँले बताउनुभयो । पाँच वर्षभित्र सिन्धुलीलाई दुधको पकेट क्षेत्र बनाउने बताउँदै उहाँ दुध खपतका लागि देशकै नमुना डेरी बनाउने योजना रहेको छ साथै गाईलाई खुवाउने दाना उद्योग स्थापना गर्ने तयारी पनि चलिरहेको बताउनुभयो । सिन्धुली जिल्लालाई कोरली गाईका लागि चिनाउने लक्ष्य रहेको छ । कोरली गाई तथा दुधसम्बन्धी हरेक कुरा पाउने गरी सेवा विस्तार गर्ने तयारी चलिरहेको उहाँले जानकारी दिनुभयो । त्यसमा हेफर नेपालको पूर्ण सहयोग रहने छ ।

एउटा कोरली गाईले एक दिनमा ३२ लिटर दुध दिन्छिन् । कोरली गाईले दुध दिन थालेपछि त्यसको बजारको पनि व्यवस्थापन गरिने तयारी भइरहेको परियोजना निर्देशक शर्माले बताउनुभयो ।

कोरियाका कृषिमन्त्री नेपाल आउँदै

दक्षिण कोरियाका कृषि खाद्य र ग्रामीण मामिलामन्त्री ज्योङ ह्वाङ–गेउन बुधबार (आज) नेपाल आउन लाग्नुभएको छ । कोरियन सरकारले नेपाललाई दिएको कोरली गाई र साँढेको बारेमा जानकारी लिनका लागि उहाँ नेपाल आउन लाग्नुभएको हेफर कोरियाका निर्देशक लीले बताउनुभयो । नेपाल पठाएको गाई कुन अवस्थामा कसरी राखिएको छ त्यसको अवस्था कस्तो छ, त्यसका बारेमा जानकारी लिनका लागि उहाँ सिन्धुली पुगेर गाईको अवलोकन गर्नुका साथै किसानसँग अन्तर्क्रिया गर्ने बताइएको छ ।

त्यसका साथै उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृषिमन्त्री डा. बेदुराम भुसाललगायतसँग कृषिसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको हेफर कारियाका निर्देशक लीले बताउनुभयो ।

कोरिया सरकारले कृषि मन्त्रालयसँग केही थप सम्झौता गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । कोरिया सरकारले नेपालसँग मिलेर कृषिमा अझै केही थप गर्न चाहेको छ, त्यसका बारेमा कोरियाका कृषिमन्त्री गेउनले नेपालका प्रतिनिधिसँग छलफल गर्ने बताइएको छ । सन् १९७० को दशकसम्म कोरियाली युद्धपछि भग्नावशेषमा परेको कोरियाले अन्तर्राष्ट्रिय समुदाय र हेफरको सहयोगबाट पशुपालनको क्षेत्रका ठुलो फड्को मारेको छ ।  रासस


ताजा खबर