दिल्ली चुनावको कारण ७१औं मिस वर्ल्ड फिनाले सर्यो

आगामी डिसेम्बरमा भारतमा आयोजना हुन लागेको ७१ औं मिस वर्ल्ड प्रतियोगिता पुनः पछि सरेको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरले मिस वर्ल्ड फिनालेको मिति पोस्टपोन्ड भएको जानकारी पत्र प्राप्त भएको जनाएको छ ।

हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारका अनुसार डिसेम्बरमा तय गरिएको मिस वर्ल्डको फिनाले र दिल्लीमा चुनाव समेत सोही मितिमा घोषणा भएपछि फिनाले स्थगित भएको हो । उनका अनुसार फिनालेको नयाँ मिति २ मार्च, २०२४ मा घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार चुनावको छेकोमा प्रतिस्पर्धीको सुरक्षालाई ख्याल गर्दै फिनाले तत्काललाई रोकिएको उल्लेख छ । डिसेम्बरमा दिल्ली मेयरको चुनाव हुँदैछ । अब नयाँ खबरअनुसार प्रतिस्पर्धी ३ फेब्रुअरीमा दिल्ली प्रस्थान गर्नेछन् ।

नेपालबाट मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशीले सहभागिता जनाउँदैछन् । फिनालेका लागि भनेर उनले तयारी गरिरहेकी थिइन् । मिस वर्ल्डको पछिल्लो संस्करण पोस्टपोन्ड भएको यो दोस्रोपटक हो । यसअघि दुबईमा हुने भनिएको फिनालेको आयोजना स्थल भारतमा सारिएको थियो ।  एएनाआई 


ताजा खबर