राष्ट्र संघका महासचिव गुटेरेस नेपाल भ्रमणमा आउने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिय गुटेरेसले कात्तिक १२ गतेदेखि नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

महासचिव गुटेरेस कात्तिक १२ गते दिउँसो काठमाडौँ आइपुग्नुहुने र भ्रमण सम्पन्न गरी कात्तिक १५ गते बिहान प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

यसअघि महासचिव गुटेरेसको नेपाल भ्रमण तय भएकोमा इजरेली र प्यालेष्टिनी हमास समूहबिचको आक्रमणका कारण रद्द भएको थियो ।

नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, नेपाली शान्ति सेना लगायतका विषयमा उच्चस्तरमा छलफल गर्नु हुनेछ । रासस


ताजा खबर