स्तरिय विआरआई सहयोग र हरित विकासलाई प्राथमिकता

चीनका राष्ट्रपति सि जिनपिङले चीनको उच्च गुणस्तरको बेल्ट एन्ड रोडको अपरेसनको  संयुक्त प्रयासलाई सहयोग गर्ने एक प्रमुख कदमका रूपमा हरित विकासलाई निरन्तरता दिइने बताउनुभएको छ ।

राष्ट्रपति सिले हरित पूर्वाधार, हरित ऊर्जा, हरित यातायात जस्ता क्षेत्रमा सहयोगलाई अझ विशेष बनाउँदै बीआरआई इन्टरनेशनल हरित विकास गठबन्धनलाई सहयोग बढाउने बताउनुभयो ।

उहाँका अनुसार चीनले बीआरआई हरित नवप्रवर्तन सम्मेलनलाई निरन्तरता दिने र सौर्य उद्योगका लागि संवाद र आदान–प्रदान संयन्त्र तथा कार्बन नियन्त्रणका लागि विशेषज्ञको नेटवर्क स्थापना गरिने जानकारी दिनुभयो ।

यसै सन्दर्भमा राष्ट्रपति सिले बीआरआईका लागि हरित लगानी सिद्धान्त लागु गर्ने तथा २०३० सम्ममा साझेदार देशहरूलाई एक लाख प्रशिक्षण उपलब्ध गराउने घोषण गर्नुभयो । सिन्ह्वा


ताजा खबर