नेपालबाट मनसुन बाहिरियो

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना

नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन सोमबारदेखि बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियोे ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले  नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

#NepalWeatherUpdate

#आजकोमौसम


ताजा खबर