आज विश्व हात धुने दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व हात धुने दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् ।

चर्पी प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ ।

सरसफाइले स्वास्थ्य सभ्यताको समेत परिचय दिने र स्वास्थ्य, सफाइ र सभ्यताबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै उहाँले जहाँ सफाइ हुन्छ, त्यहाँ रोगव्याधीको सम्भावना रहँदैन भन्ने सचेतना जनस्तरमा फैलाउन सके यस दिवसको महत्व अझै बढेर जाने जनस्वास्थ्यविहरुको भनाई छ ।

#WorldHandwashingDay

#विश्व_हात_धुने_दिवस

 


ताजा खबर