कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक

कुमारी बैंक लिमिटेडले बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ ।

योजनामा कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने छ । क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखि कार्तिक ५ गतेसम्म लागु हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।


ताजा खबर