गरिमा विकास बैंकले सुरु गर्‍यो क्रेडिट कार्डमा ईएमआई सेवा

गरिमा विकास बैंकले दसैँ तथा तिहारको अवसर पारेर विकास बैंकहरूमा नै पहिलोपटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ ।

बैंकले चाडबाडमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरूले योे सुविधामार्फत लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

नेपालमा करिब तीन दशकअगाडि सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सीमित नेपालीहरूको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदासम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आमजनमानसमा नपुगेको मान्न सकिन्छ ।

‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहक महानुभावहरूका लागि केही समयअगाडि नै सुरुवात गरिसकेको छ । यही सेवालाई थप ग्राहकमैत्री बनाउने उद्देश्यले यस बैंकले क्रेडिट कार्डमा ईएमआई सेवा सुरु गरेको हो ।

यस सेवाअन्तर्गत बैंकले सम्झौता गरेका बिक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीले तिर्न सकिने बैंकले जनाएको छ । साथै, यदि ग्राहक आफैँले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन सक्ने बैंकले बताएको छ ।

यो सेवाले बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्ने र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने विश्वास राखेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं विभिन्न डिजिटल बैकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ । रासस

ताजा खबर