‘मिस नेपाल २०२२’काे आवेदन खुला

‘मिस नेपाल २०२२’का लागि आवेदन खुला गरिएको छ । ‘द हिडन ट्रेजर’ले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।

प्रतियोगितामा भाग लिनका लागि सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन दिन सकिनेछ । यस्तै, यसको लागि उचाइ ५ फिट ३ इन्च र उमेर ८ देखि २७ वर्ष हुनुपर्ने छ ।

अडिसन काठमाडौंलगायत धरान, वीरगञ्ज, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । काठमाडौंमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुने आयोजकले जानकारी दिएको हो ।

‘हिडन ट्रेजर’ले ‘मिस नेपाल २०२२’ को फाइनल भने असार चार मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ । सफल नेपाल


ताजा खबर