सुरक्षा परिषदको बैठकमा सुरक्षासम्बन्धी समीक्षा

राष्ट्रिय सुरक्षा परिषद बैठकले अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणसम्बन्धी समीक्षा गरेको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले सो समीक्षा गरेको हो ।

पछिल्लो दिन देशको केही ठाउँमा धार्मिक, साम्प्रदायिक अशहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग समेत भइरहेकाले त्यसको नियन्त्रण, न्यूनीकरणबारेमा छलफल भएको महासेनानी रामकाजी थापाले बताउनुभयो ।

आज सिंहरदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

परिषद्को बैठकमा विभिन्न प्रदेशको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटना तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी छलफल भएको परिषद्ले जनाएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, प्रधानसेनापति र रक्षा सचिवको उपस्थितिमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षासमेत भएको परिषद्ले जनाएको छ ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

रासस


ताजा खबर