कुमारी बैंकको ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना

कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ ।

यस बर्ष  बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।

योजनामा २६ लाखको बीमा सुविधा अन्तर्गत परिवार का ४ जना सदस्यलाई एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बीमा तथा एक लाख सम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ ।

त्यसैगरी, खाता खोलेको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्क सत प्रतिशत छुट, लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट-क्रेडिट कार्ड सुविधा प्रदान गर्ने र बैंकका अन्य बचत खाताहरुमा २० हजार को मेडिकल बीमा सुविधा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैंकले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड सँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ । सफल नेपाल


ताजा खबर