क्यानको अध्यक्षमा चन्द र केन्द्रीय सचिवमा पारस खड्का

नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । क्यानको हिजो भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष खड्का निर्विरोध निर्वाचित हुनुभयो । महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित हुनुभयो ।

सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन हुनुभएको छ । क्यानको सचिव पदका लागि भएको मतदानबाट नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित हुनुभयो ।

पारसले ४८ मत प्राप्त गर्दा सचिवका अर्का प्रत्यासी प्रशान्त मल्लले ३७ मत प्राप्त गर्भयो । त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत कोशी प्रदेशबाट अर्जुन पौडेल, मधेश प्रदेशबाट माधव कर्माचार्य बागमती प्रदेशबाट दिवाकर घले, गण्डकी प्रदेशबाट सुदीप शर्मा र सुदुरपश्चिम प्रदेशबाट बिक्रम विष्ट निर्वाचित हुनुभयो ।

यसैबीच नवनिर्वाचित अध्यक्ष चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती रहेको बताउनुभएको छ । साथै क्रिकेट विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको हो । रासस


ताजा खबर