प्रधानमन्त्रीको चीन भ्रमणको तालिका सार्वजनिक

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबारदेखि साताव्यापी चीनको भ्रमण गर्ने औपचारिक कार्यक्रम तालिका सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गरी भ्रमण तालिका सार्वजिनक गरेको हो ।

चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणमा उहाँले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहनेछन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको समेत हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले चिनीयाँ राष्ट्रपतिसँग हाङझाउमै भेट गर्नु हुनेछ । प्रधानमन्त्रीले चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद्, नेपालको उद्यो वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गर्ने ‘चीन–नेपाल लगानी सम्मेलन’लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।


ताजा खबर