साफ यू-१९ च्याम्पियनसिपमा पाकिस्तान विजयी

साफ यू–१९ च्याम्पियनसिपमा नेपालले पाकिस्तानसँग पराजित भएको छ । समूह  ‘ए’ अन्तर्गत दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भयो ।

पाकिस्तानको जितमा अलि जफरले निर्णायक गोल गर्नुभयो । उहाँले ७६औं मिनेटमा गरेको लामो प्रहार सोझै गोलमा परिणत भएको थियो । जसलाई नेपालका गोलरक्षकले ठम्म्याउन सक्नुभएन ।

नेपालले समूहको दोस्रो खेल माल्दिभ्ससँग खेल्नेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र भुटान रहेको छ । बिहीबार नै भएको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हराएको छ । रासस


ताजा खबर