नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आठ जना मनोनीत

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनीत भएका छन्।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम आठ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

कांग्रेस केन्द्रीय सदस्यमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईं (काभ्रेपलान्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) मनोनीत भएका हुन्। रासस


ताजा खबर