एसियन कप फुटसलका लागि नेपाली टोलीको घोषणा

मङ्गोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटमा सहभागी हुने राष्ट्रिय टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गर्नुभएको हो । दुई साता अगाडि अखिल नेपाल फुटबल संघ(एन्फा)ले चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँको मत्स्या रिक्रिएशन सेन्टरमा चार दिनको खुल्ला छनोट प्रतियोगिता गरेको थियो । जसमा देशभरिबाट करिब २ सय खेलाडीले सहभागिता जनाएका थिए ।

प्रशिक्षक बस्नेतको नेतृत्वमा रहेको छनोट टोलीले २०० खेलाडीबाट २५ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरेको थियो । छनोट टोलीमा प्रशिक्षक बस्नेतसँगै सहायक प्रशिक्षक थमन भुषाल र फुटसल विभाग प्रमुख विनोद गुरुङ रहनुभएको थियो ।

एएफसी फुटसल एसियन कप छनोट २०२४ को समूह ‘डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया छन् । यो समूहका खेलहरू आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मङ्गोलियामा हुनेछन् ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।

अन्तिम टोली:

फुटसल एसियन कप छनोटको लागि नेपाली टोलीको घोषणा – Nepal Views

गोलकिपरः सागर गुरुङ, आशिष डंगोल / फिक्सोः विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्त्यान / आलाः रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, अमित तामाङ, दिपेश घले, उज्वोल शाही / पिभोटः मणिकुमार लामा, सुजित बुढाथोकी


ताजा खबर