भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह प्रथम

धाकृष्ण सांस्कृतिक समूहद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित आठौँ श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुला भजन चुड्का तथा झाँकी प्रदर्शनी–२०८० देवीस्थान भजन समूह हेम्जा प्रथम भएको छ ।

पोखरा–३२ लामेआहल स्थित राधाकृष्ण मन्दिर परिसरमा आयोजित प्रतियोगितामा मातृकेश्वर भजन समूह हेम्जा द्वितीय भयो । यसैगरी धर्मोदय भजन समूह पाल्पा तृतीय भयो भने पञ्चासे भजन समूह ठुलाचौर पोखराले सान्त्वना स्थान हासिल गर्‍यो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहहरू ले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका छन् ।

प्रतियोगितामा कुल २६ समूह सहभागी रहेको राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जयराज ढकालले जानकारी दिनुभयो । सहभागी प्रत्येक समूहलाई यातायात खर्च स्वरूप पाँच/पाँच हजार रुपैयाँ उपलब्ध गराइएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले प्रदेशमा विद्यमान कला संस्कृतिको जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


ताजा खबर