एमालेलेको प्रदेश कमिटी अधिवेशनको मिति तय

नेकपा (एमाले)ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ।

गण्डकी बाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आआफ्ना प्रदेशको अधिवेशन तोकेका हुन्।

कोशी प्रदेशको अधिवेशन आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते जनकपुरमा, बागमती प्रदेशको अधिवेशन असोज ८ र ९ गते काठमाडौंंमा हुने तय भएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ। गण्डकी प्रदेशको यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्ने उनले बताए।

पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमाले पार्टी कार्यालयले जनाएको छ। सदस्यता अद्यावधिक गरिसकेपछि निर्धारित समयमा नै प्रदेश कमिटीको अधिवेशन गर्ने प्रचार विभाग प्रमुख गौतमले बताए।

पार्टीले एक वर्षभित्र प्रदेश, जिल्ला र पालिका तहको अधिवेशन गर्ने उनले बताए। उनका अनुसार माघमा स्थानीय तह र चैतमा जिल्ला कमिटीको अधिवेशन गर्ने तयारी भइरहेको छ। रासस


ताजा खबर