गाई र भैँसीको दूधमा फरक थाहा छ ?

गाई र भैँसीको दूधमा फरक जुन धेरै कम मान्छेहरुलाई थाहा हुनसक्छ ।

१) भैँसीले आफ्नो बच्चालाई पिठ्युँ पछाडि राखेर बस्छ उसको बच्चालाई कुकुरले खायो भने पनि उसले थाहा पाउँदैन । जबकी गाइको बच्चाको अगाडि अनचिनारू मान्छे त के बाघ आए पनि आफ्नो ज्यान दिन्छ तर आफू हुँदाहुँदै बच्चामा आँच आउन दिँदैन । त्यसैले गाइको दुधमा स्नेहको गुण भरपुर हुन्छ।

२) भैँसीलाई फोहोर मनपर्छ, उ गोबरमा हिल्लाम्मे भएर बस्छ तर गाई आफ्नो गोबरमा पनि बस्दैन । उसलाई स्वच्छता मनपर्छ।

३) भैँसीलाई घरदेखि दुई किलोमिटर टाढा तलाउमा छोडेर आउनुहोस् उ घर आउँदैन उसको सोच्ने शक्ति जिरो हुन्छ । गाईलाई घरबाट ५ किलोमिटर टाढा छोड्दिनुस्, उसले घर आउने बाटो थाहा पाउँछ, उ घर आउँछ । गाइको दूधमा सोच्ने शक्ति धेरै हुन्छ।

४) दस वटा भैँसीलाई बाँधेर २० फुट टाढादेखि उसको बच्चाहरु छोड्दिनुहोस्, एउटा पनि बच्चाले आफ्नो आमालाई चिन्न सक्दैन ।  जबकी गौशालामा दिनभर गाइको बच्चालाई भिन्दा भिन्दै ठाउँ राखिन्छ साँझपख जब उसको आमासँग भेट हुन्छ सबै बच्चाहरु (हजारौंको संख्यामा) आ–आफ्नो आमालाई चिनेर दुध पिउँछन, यो हो गाइको दुधको सोच्ने शक्ति ।

५) जब भैँसीको दूध दुहुन जाँदा भैँसीले सबै दूध दिन्छ । तर, गाइले थोरै दूध बचाएर राख्छ, जब उसको बच्चालाई छोड्दिन्छौ उसले लुकाएर राखेको दूध दिन्छ । यो गुण आमाको हो जुन भैँसीमा हुँदैन ।

६) बाटोमा बच्चाहरु खेलिरहेका छन् र भैँसी दौडिँदै आइरहेको छ भने उसले बच्चाहरुलाई कुल्चिएर जान्छ । तर गाई दौडिँदै आएको छ भने पनि उसले कहिलै बच्चाहरुमाथि कुल्चिएर जाँदैन ।

७) भैँसीले घाम र गर्मी सहन सक्दैन । वशाख जेठको र्मीमा पनि गाई बाहिर बस्न सक्छ ।

८) भैँसीको दूध तामसिक हुन्छ । जबकी गाईको दूध सात्विक हुन्छ ।

९) भैँसीको दूध आलस्यले भरिएको हुन्छ, उसको बच्चा दिनभर यसरी बस्छ जस्तो उसले भाँग खाएर बसेको छ । जब दूध दुहुने समय भएपछि मालिकले उसलाई उठाएर तान्दै आमा हुने ठाउँ लानुपर्छ । तर गाइको बाच्छा यति उफ्रिन्छ कि तपाईंले उसलाई बाँधेको डोरी खोल्न पनि सक्नु हुँदैन ।

१०) गाईको दूधमा सरदरमा ३.५ प्रतिशत चिल्लो पदार्थ र ८ प्रतिशत ठोस पदार्थ हुन्छ जसले गर्दा गाईको दूध पिउनका लागि कम्पोजिसन (मात्रा) ठिक्क मिलेको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

तर भैँसीको दूधमा चिल्लो पदार्थ शरीरलाई चाहिने भन्दा धेरै हुने हुँदा प्रत्येक्ष रूपमा पिउँदा अपच भै शरीरमा बिकार उत्पन्न हुने र पानी मिसाएर पिउँदा ठोस पदार्थ कम हुन गई लाभदायक नहुने हुन्छ । जसो गर्दा पनि भैँसीको दूध स्वस्थकर हुँदैन ।

तर पनि मान्छेहरु भैँसी किन्नमा लाखौं रुपैयाँ खर्च गर्छन् जबकी गाईको दूध अमृत सम्मान हुन्छ । एएनआई


ताजा खबर