नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशलाई पराजित गर्दै ट्रफि जितेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।

बङ्गलादेशमा भएको दुई मैत्रीपूर्ण खेलमा जित हासिल गर्दै महिला टोली स्वदेश फर्किएको हो । टोलीलाई एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, एन्फा उपाध्यक्ष विराटजंग शाही, एन्फा महासचिव किरण राई लगायत अन्य एन्फा सदस्यहरुले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो ।

पहिलो खेल एक एकको बराबरी गरेको नेपालले आइतबार भएको दोस्रो खेलमा नेपाल पेनाल्टी सूटआउटमा ४–२ गोल अन्तरले विजयी हुँदै ट्रफी जितेको हो ।


ताजा खबर