नेपाल इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो

एसीसी इमर्जिङ टिम्स एसिया कपमा लगातार दुई खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकामा भइरहेको प्रतियोगितामा आज आफ्नो दोस्रो खेलमा पराजय व्यहोर्दै नेपाल बाहिरीएको हो ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाल भारत ए सँग ९ विकटको लज्जास्पद हार व्यहोर्न बाध्य भयो । टस जितेर ब्याटिङ रोजेको नेपालले भारत ए सामू १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सबै विकेट गुमाउनु अघि ३९ दशमलब २ ओभर खेलेको नेपालले १ सय ६७ रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्भशतकीय इनिङ खेल्दै ६५ रन बनाएका थिए । यसैगरी गुलसन झाले ३८ रन बनाए भने सोमपाल कामी १४ रनमा आउट भए । आसिफ ७ र देव खनाल १५ रनमा आउट भए ।

नेपाल विरुद्ध भारत ए का निशान्त सिन्धुले ४ विकेट लिए भने राजवर्धन हंगागेकारले ३ तथा हर्षित रानाले २ विकेट लिए । जवाफी व्याटिङमा आएको भारत ए ले २२ दशमलव १ बल खेल्दै एक विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

भारत ए विरुद्ध नेपालका कप्तान रोहित पौडेलले एक विकेट लिए । यसअघी खेलेको पहिलो खेलमा नपाल पाकिस्तान ए संग पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएई ए सँग खेल्नेछ । रासस


ताजा खबर