इमर्जिङ टिम्स एशिया कपमा आज नेपाल र भारत ‘ए’ भिड्ने

इमर्जिङ टिम्स एशिया कप अन्तर्गत नेपालले आज दोस्रो खेल भारतको ‘ए’ टीम विरुद्ध खेल्दै छ।

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप अन्तर्गत आज नेपाल र भारत ‘ए’बीच खेल हुँदै छ। खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा आर प्रेमदासा रंगशालामा हुनेछ।

समूह ‘बी’मा रहेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको थियो। उता भारत भने लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछ। भारतले पहिलो खेलमा यूएई ‘ए’लाई आठ विकेटले हराएको थियो।

चार टोली सम्मिलित समूह ‘बी’को अंक तालिकामा नेपाल अहिले तेस्रो स्थानमा छ। यूएई ‘ए’ चौथो स्थानमा रहेको छ। भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छ।

नेपालले समूह चरणको अन्तिम खेल यूएई ‘ए’ विरुद्ध बुधबार खेल्नेछ। रासस


ताजा खबर