ग्लोबल बैंकको ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’

ग्लोबल आईएमई ब्यांक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना ल्याएको छ।

यो योजना अन्तर्गत ब्यांकले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्मको कर्जा विना धितो प्रदान गर्ने भएको हो। यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइने ब्यांकले जनाएको छ।

नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आईएमई ब्यांकमा कुनै पनि प्रकारको बचत खाता भएका २१ वर्षभन्दा माथिका नेपाली नागरिकले यस योजना अन्तर्गत आईएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन्।

ब्यांंकले नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदी अरब, कतार, ओमान, यूएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यमा वैदेशिक रोजगारीका लागि जानेलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ। यो कर्जाको अवधि १८ महीनाको छ।


ताजा खबर