कुमारी बैंकले निश्चित ब्याजदरमा आकर्षक घर कर्जा दिने

कुमारी बैंक लिमिटेडले निश्चित ब्याजदरमा आकर्षक घर कर्जा दिने भएको छ ।

स्थापनाकालदेखिनै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको सो बैंकले  शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै निश्चित ब्याजदरमा आकर्षक घर कर्जा योजनाबारे जानकारी गराएको छ ।

योजना अनुसार बैंकका सेवाग्राहिले अब मात्र ११ दशमलब ७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जा सुविधा पाउन सक्ने र पहिलो ७ वर्ष सम्म ब्याजदर निश्चित रहने विज्ञप्तिमा  जनाइएको छ।

ऋण प्राप्त गरे पश्चात, ग्राहकहरूले सो ऋणको रकमलाई नयाँ घर र अपार्टमेन्ट खरिद गर्न ,घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न समेत प्रयोग गर्न सक्ने जनाइएको छ ।

२२ वर्ष देखि निरन्तर सरल, सुलभ तथा उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटिएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई मार्फत ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ।


ताजा खबर