जेठसम्ममा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स भित्रियो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा रेमिटेन्स बढेको देखिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २२.७ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यो अवधिमा रेमिटेन्स ४.१ प्रतिशतले मात्रै बढेको थियो।

त्यस्तै, अमेरिकी डलरमा रेमिटेन्स १३ प्रतिशतले बढेर आठ अर्ब ५१ करोड पुगेको छ। यो गत वर्ष १.८ प्रतिशतले मात्रै बढेको थियो।

यो ११ महीनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ४६.६ प्रतिशतले बढेको छ। यो अवधिमा चार लाख ५९ हजार ४१५ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। यो अवधिमा दुई लाख ६० हजार २६२ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यो गत वर्षको सोही अवधिको २०८.३ प्रतिशतले बढेको थियो। रासस


ताजा खबर