डा.लम्साललाई भगत सर्वजीत मानव मर्यादा पुरस्कार

 ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९’ डा. नवराज लम्साललाई प्रदान गरिएको छ ।

भानु जयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय एकता, सामाजिक सद्भाव, लोकतन्त्र र मानव मर्यादाका लागि समर्पित व्यक्तित्व भगत सर्वजीतको नाममा नेपाल सरकारले स्थापना गरेको एक लाख राशिको पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले डा. लम्साललाई प्रदान गर्नुभएको हो ।

मेरो सञ्चार कर्म र लेखनमार्फत समाज सुधार अभियान, मानव मर्यादा र मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डा लम्साललाई पुरस्कार प्रदान गरिएको हो । रासस


ताजा खबर