कतारी अमिर र नेपाली राजदूत सुवेदीबीच भेटवार्ता

कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर(राजा)सँग भेटवार्ता गर्नुभएको छ ।

इस्लाम समुदायको महान् पर्व ‘इद अल अधा’का अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रममा उहाँले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग शिष्टाचार भेट गर्नुभएको हो ।

सो अवसरमा आफूले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट कतारी जनता, अमिरको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेको कार्यवाहक राजदूत सुवेदीलेले जानकारी दिनुभयो । इदका अवसरमा अमिर थानीले कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटवार्ता एवं शुभकामना आदानप्रदान गर्दै आउनुभएको छ ।

त्यसैगरी कतारका प्रधानमन्त्री मोहम्मेद बिन अब्दुलरहमन बिन जास्सिम अल थालीले पनि कतारस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग शुभकामना आदानप्रदान गर्नुभएको थियो । रासस


ताजा खबर