डा. रिजालको आत्मकथा ‘सेतो कोट’ सार्वजनिक

लोकप्रिय गीतकार समेत रहनुभएका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालको  आत्मकथा – पुस्तक ‘सेतो कोट’ सार्वजनिक भएको छ ।

May be an image of 9 people, dais and text

तस्बिर: दीपक गिरी

शनिवार काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, बरिष्ठ चिकित्सक तथा जेष्ठ नागरिक अधिकारकर्मी तथा अभियन्ता डा. गौरिशंकर लाल दास, चर्कित अभिनेता निखिल उप्रेती तथा डा. रिजाल स्वयं लगायतले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

May be an image of 2 people

May be an image of 3 people, beard, dais and text that says 'KUNDALINI'

कार्यक्रममा मन्त्री बस्नेतले डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ डाक्टर अध्ययन गर्न खोज्नेका लागि उपयोगी हुने बताउनुभयो ।

May be an image of 3 people, dais, temple and text that says 'T. भोला रिजालको "सेतो कोट लोकार्प स रोह तौकोट KUNDALIN'

कार्यक्रममा डा. रिजालले लामो समय चिकित्सकको रूपमा आफूले हासिल गरेको अनुभव उपयोगी तरिकाले पुस्तकमा समेटेको बताउनुभयो।

‘सेतो कोट’लाई चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल, तर गहन पुस्तकको रूपमा प्रस्तुत गरिएको छ । पुस्तकमा चिकित्सा पेसा, चिकित्सा शिक्षा र चिकित्सा आचारसंहिताको समेत विवेचना गरिएको छ । कुनै व्यक्तिले पढेर डिग्री हासिल गर्दैमा मात्र ऊ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरू पनि हुनुपर्छ भन्नेबारे समेत पुस्तकमा चर्चा छ।

May be an image of 3 people, people smiling and hospital

पुस्तकमा मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ ।

पुस्तकमा चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामी प्रति गर्ने व्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायरा समेत समेटिएको छ ।

May be an image of 11 people, dais, temple and text that says 'डा. भोला रिजालको "सेतो कोट" लोकार्पण समारोह २०૧० असार २३'

इटर्नल पब्लिकेसनले प्रकाश गरेको यो पुस्तक बिक्रीबाट प्राप्त रकमको केही हिस्सा समाजसेवामा समेत लगाइने कार्यक्रममा जानकारी दिइयो ।

डा. रिलिज वरिष्ठ गीतकार तथा फिल्मकर्मी हुन् । उनले केही फिल्म निर्माण र अभिनय समेत गरेका छन् । उनका थुप्रै गीत हिट छन् ।


ताजा खबर