‘सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ’

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराइएको बताउनुभएको छ ।

व्यवसायीलाई हतोत्साही होइन मनोबल बढाउने काम गर्न उहाँले जोड दिनुभयो । उहाँले विभिन्न बहानामा दोषी नहठरिदैँ व्यवसायीलाई दुःख दिने काम भइरहेको भन्दै उहाँले त्यस्ता कार्यले व्यावसायिक र लगानीको वातावरण बन्न नसक्ने बताउनुभयो ।

अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिपछि ब्याजदर घट्ने र थलिएको अर्थतन्त्र पुन चलायमान हुने विश्वास व्यक्त गर्नुभएको छ । चर्को ब्याजदर, महँगो बेस रेटका कारणले शिथिल बनेको बजारलाई क्रियाशील बनाउन सरकारलाई उपायसहित सुझाव दिइएकोले सम्बोधन हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो ।

नवलपरासी उद्योग वाणिज्य सङ्घको पन्ध्रौँ पद हस्तान्तरण तथा अतिथि गृह उद्घाटन समारोहलाई आज परासीमा सम्बोधन गर्दै महासङ्घका अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष केशव भण्डारीले नवलपरासीलाई ओैद्योगिक क्षेत्रको रुपमा घोषणा गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस अवसरमा नवलपरासी उद्योग वाणिज्य सङ्घको १५ ओैँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहणसहित पदस्थापन गरिएको संघका नवनिर्वाचित उद्योग उपाध्यक्ष गिरीराज पाण्डेले जानकारी दिनुभयो । रासस


ताजा खबर