राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत ल्याउने अर्थात् ए प्लस जिपीए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ। यो एसइईमा सहभागी कुल विद्यार्थी सङ्ख्याको जम्मा चार दशमलव ६३ प्रतिशत हो ।
यसैगरी, जिपीए २ देखि दुई दशमलव ४० ल्याउने विद्यार्थीको संख्या १ लाख २ हजार २ सय त्रियानव्वे छ । यो कुल संख्याको २१ दशमलव शुन्य नौ प्रतिशत हो ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।।
नतिजा हेर्न तलका लिंकमध्ये कुनै एकलमा क्लिक गर्नुहोस् :
मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।