शम्भुजित र देविकाको ‘नाच्देउ मैच्याङ’ को रिमेक

गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’ को रिमेक भर्सन सार्वजनिक भएको छ ।

रिमेक भर्सनको गीतमा सङ्गीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र सङ्गीत छ । उहाँलाई स्वरमा पाल्मु शेर्पाले साथ दिनुभएको छ । गीत शम्भुजितले ४६ वर्षअघि रेडियो नेपालमा गाउनुभएको थियो । गीतमा चाँद सिंहको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ । गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पा फिचर्ड हुनुहुन्छ । भिडियोको निर्माता गायिका पाल्मु नै हुनुहुन्छ ।

हरि हुमागाईंको डिओपी र निर्देशन रहेको भिडियोमा नेपा फेस ब्युटिको मेकअप, प्रवीण मानन्धरको कलर, सुनिल शिवभक्तिको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाङ्कन रहेको छ ।

भिडियोः


ताजा खबर