विश्वकै सबैभन्दा ठूलो खालिठाँउ चीनको तियानमेन स्क्वायर

विश्वकै सबैभन्दा ठूलो खालिठाँउ मानिएको चीनको राजधानी बेइजिङको केन्द्र तियानमेन स्क्वायर विश्वभरिका पर्यटकको सपनाको चोक बनेको छ ।

यो चोकमा दैनिक ३० देखि ५० हजारसम्म पर्यटक जम्मा हुने गरेको बेइजिङका टुरिस्ट गाइड लिनले बताउनु भयो । यही ठाउँमा विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता अध्यक्ष माओको स्मारक रहेकोले पनि यहाँ दैनिक हजारौँ मानिस पुग्ने गरेका छन् – लिनले भन्नुभयो ।

मेरो सपनाको चोक हो तियानमेन स्क्वायर उजुक्वेस्तानका शेखरजोड एडेकेभोमले भन्नुभयो – यहाँ आएपछि थाहा भयो यो साँच्चै सोचेभन्दा बढी महत्वपूर्ण र सुन्दर रहेछ ।

नाईजेरीयाका ब्राईड पनि तियानमेन स्क्वायर निक्कै सुन्दर रहेको बताउनु हुन्छ । यसको बारेमा केही नमिठो चर्चा सुनेको थिए तर यो धेरै राम्रो ठाउँ छ – ब्राईडले भने ।

अध्यक्ष माओको स्मारक रहेको मेमोरीयलहल उनको मृत्यु भएको एकबर्षपछि सन् १९७७ सेप्टेम्बर ९ तारिख देखि खुला गरिएको थियो । मेमोरीयल हल खुलागरेपछि पर्यटकहरू झन बढ्न थालेको यहाँका बासिन्दा बताउँछन्।

कोरोना महामारी अघि दैनिक ८० हजारसम्म पर्यटकले तियानमेन स्क्वायरको भ्रमण गरेको टुरिस्ट गाइड लिनले सुनाउनु भयो ।

चार लाख ४० हजार बर्गमिटरमा फैलिएको तियानमेन स्क्वायरमा ५ लाख भन्दा बढी मानिस एकै पटक उभिन सक्ने ठाउँ रहेको लिनले बताउनु भयो । तियानमेन स्क्वायरको मुख्य आकर्षण अध्यक्ष माओको स्मारक तथा मेमोरीयल हलसँगै जनताका नायकहरूको स्मारक, चीनको राष्ट्रिय संग्राहलय र जनताको ठूलो हल पनि हो – टुरिस्ट गाइड लिनले भन्नू भयो ।

तियानमेन स्क्वायरमा प्रवेश गर्न निःशुल्क गरिएको छ । यसको लागि अघिल्लो दिन नै जानकारी गराउनुपर्ने र बिहान ८ बजेदेखि १२ बजेसम्म पुगिसक्नुपर्ने नियम रहेको छ । तर सँगैको फोविडन सिटी घुम्न भने ६० आरएमबी शुल्क तिर्नुपर्ने लिनले बताउनु भयो ।

सन् १९८९ मा तियानमेन चोकमा भएको विरोध प्रदर्शनको घट्नामा धेरै मानिस मारिएपछि त्यसको आलोचनासँगै तियानमेन चोकको चर्चा थप विश्वव्यापी बनेको थियो ।

अहिले यो चोक सरसफाई, सुरक्षा र आकर्षणको लागि विश्वको उत्कृष्ट गन्तव्य मध्यको महत्वपूर्ण मानिन्छ । तियानमेन स्क्वायरमा भएका ऐतिहासिक महत्वको चिजहरूको सजावट, आकर्षक बगैँचा, संग्राहलय, माओ लगायतका स्मारक सबैको आकर्षणको केन्द्र बनेको छ ।चिनियाँ जनता त्यो घट्नालाई बिर्सिएर तियानमेन स्क्वायरमा सरकारले गरेको व्यवस्थापन तथा ऐतिहासिक पक्षको संरक्षणको प्रशंसा गर्छन् ।

तियानमेन स्क्वायर विश्वभरिका पर्यटकको लागि सपनाको चोक बन्नु महत्वपूर्ण छ, यसको संरक्षण र व्यवस्थापनमा चिनियाँ सरकारले गरेको काम साच्चिनै प्रशंसनीय छ – टुरिस्ट गाइड लिनले भन्नूभयो ।


ताजा खबर