विश्वकप छनोटमा युएईविरुद्द नेपाल तीन विकेटले विजयी

आईसीसी एकदिवसीय विश्वकप छनोटमा सातौं स्थानका लागि अब आयरल्याण्डसँग खेल्ने

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत भएको प्लेअफ सेमिफाइनलमा नेपाल युएईविरुद्द तीन विकेटले विजयी भएको छ ।

यूएईबाट १८२ रनको विजयलक्ष्य पाएको नेपालले ४० बल बाँकी रहँदै ७ विकेटको क्षतिमा १८५ रन बनाएको हो । जिम्बाबेको हरारेमा भएको खेलमा जितका लागि पाएको १८२ रनको लक्ष्य नेपालले ४४ औं ओभरमा भेट्टाएको हो ।

१०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले जितसम्म पुर्‍याएका हुन् । ऐरी ७९ रनमा र लामिछाने २३ रनमा नट आउट रहे ।

यसअघि कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ तथा गुल्सन झा १२ रनमा आउट भएका थिए । अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

दश टोली सम्मिलित विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईसँग खेलेको हो । नेपालले अब सातौं स्थानका लागि भोलि आयरल्याण्डसँग खेल्ने छ ।


ताजा खबर