गुरुपूर्णिमाको शुभकामना

~शोभा पाण्डेय /सिलवाल

तोते बोली सिकाउने बुबा अनि आमा
क,ख,एक,दुई सिकाउने गुरुजन् जतिमा।
दुई हात् जोडी नमन गर्छु ज्ञान दिएकामा
पथभ्रष्ट हुन्न कहिल्यै हिँड्छु सत्मार्गमा।
अर्जुन र कर्ण जस्तै मलाई बनाउनुस्
वेदव्यास बनी मलाई दीक्षा धेरै दिनुस् ।
अन्धकारमा रुमल्लेेको मेरो मनलाई
शिक्षाको ज्योति बाली सधैँ उजिल्याई ।
सहिलाई सही अनि गलतलाई गलत
छुट्याउन सिकायौ नि आफ्नो विना मतलब।
ब्रह्मा,विष्णु,महेश्वर गुरु नै हुन् मेरो
तन,मन दिई सधैं बनाउने राम्रो ।
ज्ञानी बन्नू,सधैं तिमी बन्नू परिश्रमी
भनी सधैँ सुझाब दिने गुरु महान् तिमी ।
ईशभन्दा पनि बडा छन् है मेरा गुरु
आजैबाट राम्रा काम गर्छु खुरुखुरु ।
 होओस् सधैँ  दीर्घ आयु अनि सुखशान्ति
फैलियोस् है गुरुको नि चारैतिर कृति।
प्रत्यक्ष र परोक्षका गुरूहरू सबमा
हार्दिक नमनका साथ असीम शुभकामना ।

ताजा खबर