गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी आज गुरुपूर्णिमा मनाइँदै

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।

महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद‍्लगायत धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई बा-आमा सरह सम्मान गर्ने प्रचलन छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एव‌ं संघसंस्थाले कार्यक्रम गरी गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्ने चलन छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकार नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको पाइन्छ । रासस


ताजा खबर