शिक्षामा समानताकालागि टिच फर नेपालको वाकाथन

शिक्षा समानतामा सक्रिय अभियान टिच फर नेपालको सचेतनामूलक (पदयात्रा) वाकाथन शनिवार सम्पन्न भएको छ ।

No description available.

पाटन संग्राहलयको भण्डारखाल बगैचामा आयोजित कार्यक्रममा टिच फर नेपालका संस्थापक अल्मुनाई,  फेलोहरु, शिक्षाकर्मी, पेशाकर्मी तथा विद्यार्थीहरु सहभागिता रहेको थियो । असार महिना र बर्षातका बाबजुद वाकाथनका सहभागीहरूले उत्साहपूर्वक ५ किलोमिटर पदयात्रा गरेका थिए । वाकाथन पटन दरवार स्क्वायर वाट शुरु भई  पाटन ढोका, कुपण्डोल, थापाथली, माइतिघर, थापाथली, कुपण्डोल, पुल्चोक, मंगलबजार हुँदै पुनः भण्डारखाल बगैंचामा आएर समापन भएको थियो ।

May be an image of 13 people and street

ग्रामीण क्षेत्रका विद्यार्थीहरू दैनिक २ देखि ४ घण्टा  हिडेर विद्यालय जानुपर्ने बाध्यताको प्रतीकका रुपमा टिच फर नेपालले वर्षेनी गर्ने उक्त वाकाथन कार्यक्रममा काठमाडौँ वरपरका विभिन्न विश्वविद्यालय तथा कलेजका विद्यार्थीहरूबाट करिब ८ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागि भएका थिए ।

May be an image of 9 people and text

कार्यक्रमको समापन सम्बोधन गर्दै टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले वकाथानले काठमाडौँमा रहेका कलेजका विद्यार्थीहरू लाई शैक्षिक समानताको लागि एकै स्थानमा एकीकृत गर्न र देशको शिक्षाका बारे युवा विद्यार्थीलाई सचेत गराउन  सहयोग गर्ने  बताउनुभयो ।

वाकथानको मुख्य लक्ष्य काठमाडौँमा रहेका युवाहरूलाई ग्रामीण नेपालका विद्यार्थी जो २, ३ घण्टा हिडेर विद्यालय पुग्ने गर्छन तर यति हिडेर आउँदा समेत शिक्षक उपलब्ध नहुँदा के कस्तो अनुभव गर्छन भन्ने कुरा बुझाउन यस प्रकारको कार्यक्रमले उल्लेखनीय भूमिका खेल्ने उहाँको तर्क थियो ।

नेपालमा रहेको शैक्षिक असमानता हटाउन सुरु भएको यो अभियानले शहरका सुविधा सम्पन्न शैक्षिक संस्थाका विद्यार्थीहरुले ग्रामिण भेगका छात्र छात्राको पीडालाई थोरै भए पनि महसुस गरुन् भन्ने उद्देश्यले पनि वाकाथन गरिएको श्रेष्ठले बताउनुभयो ।

यस वर्षको वाकथनका लागि स्लिङटन कलेजले सहयोग गरेको थियो भने मेडिकल पार्टनरका रुपमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको थियो ।  समापनमा कवि पोइट आइडल मुनु अधिकारीको कविता र नेपालको ख्यातिप्राप्त साँगितिक समूह कुटुम्बको विशेष प्रस्तुती रहेको थियो भने साथमा लोकप्रिय पप ब्याण्ड कव बेभ र विभिन्न कलेजका विद्यार्थीहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए।

कोही मान्छे छोरा वा छोरी भएर जन्मियोस्, गाउँमा जन्मियोस् कि शहरमा जन्मियोस्, धनी भएर जन्मियोस् अथवा गरीब भएर जन्मियोस् भन्ने कुराले उसको शिक्षामा फरक नपारोस् भन्ने उदेश्यले शुरु भएको टिच फर नेपाल, सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील एक शैक्षिक अभियान हो ।

सार्वजनिक शिक्षा बलियो हुनपर्छ र त्यसको लागि योगदान गर्न सक्ने युवाहरुको जमात तयार गर्नुपर्छ भन्ने मूलधारणा सहित आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगै समन्वयमा विगत २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा र २०७५ देखी दाङ, लम्जुङ, पर्सा र यस वर्ष तनहुँ गरी ७ वटा जिल्लाहरूमा सञ्चालन गर्दै आएको छ ।

यस अभियानको लागि यस संस्थाले विद्यालयसँग साझेदारीमा विभिन्न विश्वविद्यालयहरूबाट स्नातक उत्तीर्ण युवाहरूलाई छनौट तथा तालिम पश्चात अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ, तनहुँ र पर्साका जम्मा ६५ सामुदायिक विद्यालयहरूमा यो अभियान सञ्चालित छ । जसमा १३८ जना  प्रज्ञार्थी शिक्षकहरू कार्यरत हुनुहुन्छ । यस कार्यक्रमका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले विभिन्न प्रकारका सहयोगहरू गर्दै आउनुभएको छ ।

No photo description available.

यसैबीच, टिच फर नेपालले वर्ष २०८०-८२ का लागि फेलोसिपको आवेदन समेत खुला गरेको छ ।

#TeachForNepal🇳🇵

ताजा खबर