अमेजनले भारतमा थप १५ अर्व डलर लगानी गर्ने

ई-कमर्स कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले अमेरिका भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वासिङ्टनमा भेट गरेपछि सो घोषणा गर्नुभएको हो ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गरी मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा छलफल भएको जनाएको छ । साथै भारतमा उपकरण आपूर्तिको क्षेत्रमा अमेजनसँग थप सहकार्यको सम्भाव्यताबारे पनि छलफल भएको जनाएको छ ।

प्रधानमन्त्री मोदीले भारतमा सूक्ष्म, साना र मझौला उद्यमको डिजिटाइजेसनलाई बढावा दिने अमेजनको पहलको स्वागत गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । रोयटर्स


ताजा खबर